- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड–बिर्तामोड वडा नम्वर १ मा प्यानल जितेको नेकपा एमालेले आज विजयोत्सव मनाएको छ । र्याली र बाजागाजासहित एमालेले बिजय जुलुस निकालेको हो । जुलुसमा सयौँ नेता कार्यकर्ता सहभागी भएका छन् ।
जितसँगै एमाले वडा कमिटीले सूर्य चिन्हमा मतदान गरी आफ्ना उमेद्वारलाई बिजयी बनाउने सबै मतदातालाई धन्यवाद दिएको छ ।
वडा कमिटी अध्यक्ष डिल्लीमाया आचार्यले एमालेका प्रतिवद्ध कार्यकर्ताको सक्रियता, शुभेच्छुकको माया र सद्भावका कारण बिजय सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिएकी छन् ।
बलियो प्रतिस्पर्धीका रुपमा हेरिएका नेपाली कांग्रेसका बलराम कार्कीलाई २५९ मत अन्तरले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका तर्फबाट अग्निप्रसाद पाण्डे बिजयी भएका थिए ।
पाण्डेले १४७९ मत प्राप्त गरिरहँदा कार्कीले १२२० मतमा चित्त बुझाउनु परेको थियो । वडामा एमालेका तर्फबाट यमुनादेवी आचार्य, कमला महरा दर्जी, टेकबहादुर अधिकारी, योगचन्द्र आङ्बुहाङ सदस्यका रुपमा बिजयी भएका छन् ।
वडाध्यक्षमा पाण्डेको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काङ्ग्रेसकी उमेद्वार देविका बस्नेतलाई ५३३ मतले हराउँदै पाण्डे वडा प्रमुख भएका थिए ।