- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
झापा–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्।
नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ।
प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए। सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।



















