१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

सहकारीका सञ्चालकलाई ऋण कागजात व्यवस्थापन तालिम




बिर्तामोड– जिल्ला बचत संघ झापाले सहकारीमा ऋण सम्वन्धी कागजात व्यवस्थापन विषयक तालिम आयोजना गरेको छ । सदस्य सहकारी संस्थाको सहजताका लागि संघले सोमवार बिर्तामोडमा एकदिने तालिम आयोजना गरेको हो ।

तालिममा संघमा आवद्ध विभिन्न सहकारी संस्थाका सञ्चालक, ऋण उपसमितिका सदस्य र कर्मचारीसहित ८८ जनाको सहभागिता रहेको संघकी व्यवस्थापक नीता बजगाईले बताइन् ।

संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको तालिमका सहभागीलाई ऋण सम्वन्धी कागजात र त्यसको बैधानिकता, आधारभूत नापी विधि, धितो मूल्याङ्कन लगायतका विषयमा विज्ञहरुले तालिम दिएका थिए ।

संघका सचिव यामकुमार चुडालले सञ्चालन गरेको तालिममा वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेका थिए । सहभागीलाई अधिवक्ता देवेन्द्र भण्डारी, अमिन कर्मेजय ठाकुर र कोषराज सिंखडाले तालिम दिएका हुन् ।

सहभागीले तालिम उपलब्धिमूलक भएको बताउँदै समय समयमा संघले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएको व्यवस्थापक बजगाईले बताइन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार ००:००  ८ : ११ बजे