- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
- राजमार्ग विस्तारले खानेपानी आपूर्तिमा समस्या : सेवा सुधारमा बिर्तामोड खानेपानी प्रतिबद्ध
- मापसे गरेर चलाएको मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु
बिर्तामोड– जिल्ला बचत संघ झापाले सहकारीमा ऋण सम्वन्धी कागजात व्यवस्थापन विषयक तालिम आयोजना गरेको छ । सदस्य सहकारी संस्थाको सहजताका लागि संघले सोमवार बिर्तामोडमा एकदिने तालिम आयोजना गरेको हो ।
तालिममा संघमा आवद्ध विभिन्न सहकारी संस्थाका सञ्चालक, ऋण उपसमितिका सदस्य र कर्मचारीसहित ८८ जनाको सहभागिता रहेको संघकी व्यवस्थापक नीता बजगाईले बताइन् ।

संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको तालिमका सहभागीलाई ऋण सम्वन्धी कागजात र त्यसको बैधानिकता, आधारभूत नापी विधि, धितो मूल्याङ्कन लगायतका विषयमा विज्ञहरुले तालिम दिएका थिए ।
संघका सचिव यामकुमार चुडालले सञ्चालन गरेको तालिममा वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेका थिए । सहभागीलाई अधिवक्ता देवेन्द्र भण्डारी, अमिन कर्मेजय ठाकुर र कोषराज सिंखडाले तालिम दिएका हुन् ।
सहभागीले तालिम उपलब्धिमूलक भएको बताउँदै समय समयमा संघले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएको व्यवस्थापक बजगाईले बताइन् ।


















