- वीरता जेसीजको क्यालेन्डर बिमोचन कार्यक्रम
- मेची भन्सारले चैत मसान्तसम्म उठायो १३ अर्ब १४ करोड राजश्व
- ओली वंश समन्वय समितिको अधिवेशन सम्पन्न : उमानाथ ओली अध्यक्षमा चयन
- झापा एमालेद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनाप्रति आपत्ति : सरकारको आलोचना
- पेट्रोल-डिजेलको मूल्य घट्यो
बिर्तामोड– वातावारण संरक्षण शिविर (एक्का) नेपालको आयोजनामा भएको निवन्ध प्रतियोगितामा झापाको मेचीनगर–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयका विद्यार्थी उत्कृष्ट भएका छन् ।
झापा, मोरङ र धनकुटाका बालक्लवबीच सञ्चालित प्रतियोगितामा कविशिरोमणिका विद्यार्थीले पहिलो र दोस्रो स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा कक्षा १० की छात्रा उषा निरौला र छात्र दीपक खतिवडा क्रमशः पहिलो र दोस्रो भएको कविशिरोमणि माविका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले बताए ।
उत्कृष्ट भएका विद्यार्थीले पुरस्कारवापत क्रमश १० हजार र सात हजार पाउने छन् । उनीहरुलाई आगामी शैक्षिक सत्रमा पुरस्कारको रकम प्रदान गरिने एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले बताए ।
प्रतियोगितामा तीन जिल्लाका १५ वटा विद्यालयका ३१ जना विद्यार्थीको सहभागिता रहेको थियो । अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँचका लागि विद्यार्थी र विद्यालयले बुझ्नु पर्ने कुरा र दायित्वहरु विषयमा उनीहरुले निवन्ध लेखेका हुन् ।
















