- वीरता जेसीजको क्यालेन्डर बिमोचन कार्यक्रम
- मेची भन्सारले चैत मसान्तसम्म उठायो १३ अर्ब १४ करोड राजश्व
- ओली वंश समन्वय समितिको अधिवेशन सम्पन्न : उमानाथ ओली अध्यक्षमा चयन
- झापा एमालेद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनाप्रति आपत्ति : सरकारको आलोचना
- पेट्रोल-डिजेलको मूल्य घट्यो
गंगा बराल– झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एसीसहितको शव वाहन उपलब्ध गराएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमका बीच भद्रपुर नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई शव वाहनको चाबी हस्तान्तरण गरेका हुन् ।
मानवीय सेवाका लागि सेवा प्रदायक संस्था तथा पालिकालाई सहयोग गर्ने महानगरपालिकाको वार्षिक कार्ययोजना अनुसार झापाको पहिलो र पुरानो नगरपालिकालाई शववाहन सहयोग गरिएको प्रमुख शाक्यले बताए ।
नगर प्रमुख श्रेष्ठले शव वाहन सहयोग गरेकोमा महानगरपालिका र त्यसका लागि समन्वय गर्ने भद्रपुर काठमाडौं सरोकार समाजका सचिव झलेन्द्र भट्टराई, झापा मिलन केन्द्र भक्तपुरका सचिव झापा चन्द्रगढी निवासी राममणि न्यौपानेलगायतलाई धन्यवाद दिए ।
भारतीय मोटर कम्पनी टाटाको उक्त शव वाहनको नम्बर बागमती ०१–०२ झ ५९५५ रहेको छ । सो शव वाहनको बजारमूल्य करिब ३१ लाख रुपैयाँ छ ।
















