- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
बिर्तामोड– पत्रकार लीलाराज झापाली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा पत्रकार झापालीको उपचार भइरहेको छ ।
प्याङक्रियाजमा समस्या भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्थाका बारेमा आज नेपाल पत्रकार महासंघ झापाले जानकारी लिएको छ । अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले विराटनगर पुगेर झापालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
झापालीको आइसीयुमा राखेर उपचार भइरहेको उनका सहकर्मी पत्रकार केशव चापागाईले बताए । उनलाई स्लाइनमार्फत औषधि दिइएको छ भने भोलि सिटीस्क्यान गर्ने चिकित्सकीय तयारी छ ।


















