- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
झापा– बिर्तामोड नगरपालिकाको न्यायिक समितिले कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको छ । लामो समयदेखि मिल्न नसकेका जटिल प्रकृतिका मुद्दामा समेत न्यायिक समितिले छिनोफानो गरी किनारा लगाएको हो ।
बिर्तामोड नगरपालिकाकी उप्रप्रमुख पवित्रा महतारा प्रसाईले न्यायिक समितिका तर्फबाट आज कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो नेतृत्वमा सम्पादन भएका कामबारे अवगत गराएकी हुन् । उनले न्याय निरुपणमा कुनै अन्याय नहुने गरी आफूले काम गरेको बताएकी छन् ।
न्यायिक समिति गठन भएयता नगरपालिकामा ३४७ वटा मुद्दा दर्ता भएका थिए । ‘दर्ता भएकामध्ये समितिले प्रचलित कानुनी व्यवस्थाका आधारमा ३२९ वटा मुद्दाको टुङ्गो लगाएको छ’, पत्रकार सम्मेलनमा उपप्रमुख महताराले भनिन् ।
वडा तहका मेलमिलाप केन्द्रलाई समेत न्याय निरुपणमा अब्बल बनाउन तालिमको व्यवस्था गरी मापदण्ड पुगेकालाई ‘मेलमिलापकर्ता’ मा सूचीकृत गरिएको छ ।
वडा कार्यालयको मेलमिलाप केन्द्रमा पनि सहजरुपमा मेलमिलाप भइरहेको समिति संयोजक महताराले बताइन् ।



















