- सरकारले फेरि बढायो सार्वजनिक यातायात भाडा, तीन हप्तामै दोस्रो पटक समायोजन
- संसद् रोक्दै अध्यादेशको बाटो रोजेपछि सरकारमाथि प्रश्न
- सरकारी विज्ञापनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई महासंघको आग्रह
- झापामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत क्षेत्रीय अभिमुखीकरण
- काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक घटे
झापा–
झापा–कलाकार जयनन्द लामाको निधन भएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघका सल्लाहकार, फिल्म निर्माता लामाको बुधवार आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा लडेर निधन भएको हो ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ धार्पाका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । उनले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए।
















