- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।
पक्राउ पर्नेमा इलाम सूर्याेदय नगरपालिका–९ का आशिष सुब्बा, सोही ठाउँका विवेक घिमिरे र झापा बिर्तामोड–३ बिर्ताबजारका रञ्जित राजवंशी रहेका छन् । चोरिएका दुई वटा मोटरसाइकलसहित उनीहरुलाई समातिएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।
प्रहरीले उनीहरुबाट मे ६ प २५०५ र मे ११ प ९७३५ नम्वरको मोटरसाइकल बरामद गरेको हो । पक्राउ परेका उपर प्रहरीले जिल्ला अदालत झापाबाट सात दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।