- गोली हानेर पक्राउ परेका कार्की पूर्व प्रहरी आपराधिक घटनामा संलग्न
- भन्सार दर दोब्बर भएपछि सुनको मूल्य वृद्धि
- स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा
- झापामा ‘अभ्यास मनसुन -६’ सम्पन्न
- बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण
झापा–राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार जरिबानाको फैसला गरेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ काठमाण्डौ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्तो फैसला गरेको हो ।
दाहालले पद्मकन्या क्याम्पससँग २०७३–७४ देखि २०७५–७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।
संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेकाले १५ हजार जरिबाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताउनुभयो ।
















