- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
पाँचथर– गिरिराज बाँस्कोटाद्धारा लिखित ढुङ्गाको प्रेम नामक कविता संग्रह आइतवार फिदिममा लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले लाकार्पण गरेका हुन् ।
कृतिमा २७ वटा कविता छन् । लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको बताए ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठ गरेका थिए ।