- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
- अर्जुनधारामा वडास्तरीय फुटबल : वडा नम्बर ११ क्वाटरफाइनलमा
पाँचथर– गिरिराज बाँस्कोटाद्धारा लिखित ढुङ्गाको प्रेम नामक कविता संग्रह आइतवार फिदिममा लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले लाकार्पण गरेका हुन् ।
कृतिमा २७ वटा कविता छन् । लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको बताए ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठ गरेका थिए ।
















