१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

कांग्रेसमा टुङ्गियो क्रियाशील सदस्यता विवाद




झापा– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ। सोमबार साँझ क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी रहेको समस्या समाधान गरेको हो। अब कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगो लागेको छ।

क्रियाशील छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र समायोजनका बिषयमा शिर्ष नेताबीच सहमति नहुँदा नेतृत्व तहमा पठाएको थियो। विवाद समाधान भएसँगै नेताहरुले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई सोमबार साँझ क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएका छन्।

छानविन समितिका सदस्य डा. मिनेन्द्र रिजालले मापदण्डअनुसार अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाले पनि क्रियाशील सदस्यता पाउने गरी विवाद अन्त्य भएको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ००:००  ९ : ५६ बजे