झापा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन एक साता पर सार्ने तयारी भएको छ । सभापति गगन थापाले आइतबार दिउँसो १ बजे बोलाएको कार्यसम्पादन समितिको बैठकमा अधिवेशन कार्यतालिका संशोधनबारे छलफल हुँदैछ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी बुधबार वडा अधिवेशन गर्ने तयारी थियो । बाढीपहिरो, सडक अवरोध, आन्तरिक छलफल र हरितालिका तीजका कारण अधिवेशन सार्न लागिएको कांग्रेसका एक नेताले बताए ।
केन्द्रीय महाधिवेशन भने १६ देखि १९ असोजमै गर्ने गरी तल्लो तहको कार्यतालिका समायोजन गर्ने तयारी छ । पार्टीभित्र महाधिवेशनको मिति र नेतृत्व चयनलाई लिएर सहमतिको प्रयाससमेत जारी छ ।


















