काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्का बेला सरकार उद्धारभन्दा सामाजिक सञ्जालको प्रचारमा अल्झिएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सरकार जोखिममा परेका समुदायसम्म समयमै पुग्न नसकेको बताए ।
‘सरकार सामाजिक सञ्जालमा अल्झियो। जोखिम समुदायमा समयमा पुग्न सकेन । सरकार परिणाम दिन र प्राण जोगाउनभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो,’ उनले भने ।


















