१६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026

एमाले बाह्रदशीको रक्तदान, ६० जनाले दिए रगत



बाह्रदशी– बाढी तथा अन्य विपद्का कारण घाइतेको उपचारमा रगतको आवश्यकता बढिरहेका बेला नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बाह्रदशीमा आयोजित कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

विपद्का घटनामा घाइतेको उपचार तथा आकस्मिक अवस्थाका लागि रगतको माग बढिरहेका बेला त्यसको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको एमाले बाह्रदशी गाउँ कमिटीका अध्यक्ष अनिल सापकोटाले बताए ।

उनका अनुसार विपद्को समयमा मानवीय सेवाका रूपमा रक्तदानलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार ००:००  ८ : ३५ बजे