१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट



काठमाडौँ –झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वित्तीय कारोवारमा उत्कृष्ट घोषित हुँदै सम्मानित भएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित विशेष समारोहमा सिम्रिकलाई आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट स्थान हासिल गरेको भन्दै प्रशंसापत्रसहित सम्मान गरिएको हो । काठमाडौँमा आयोजित समारोहका बीच सहकारीका अध्यक्ष सुवास भट्टराई र कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले उक्त सम्मान ग्रहण गरे ।

झापालाई मुख्य कार्यक्षेत्र बनाएर वित्तीय पहुँच र उद्यमशीलतामा योगदान पुर्‍याउँदै आएको सिम्रिकको यो सम्मानले समग्र सहकारी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार ००:००  १ : ३१ बजे