काठमाडौँ-सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार पुस २१ र २२ गते बस्ने गरी बैठक बोलाइएको हो ।
यसअघि बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावसहित बैठकका लागि चारवटा एजेण्डा तय भएको बताए ।
बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको समीक्षा, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन लगायतका एजेण्डा तय भएका छन् ।
















