झापा-विकसित पछिल्लो राजनीतिक घटनाक्रम पछि राष्ट्रिय स्वतन्त्र पार्टीको चिनियाँ भ्रमण टोली सोमबार काठमाडौँ फर्केर भएको छ । पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली १० दिने भ्रमणका लागि शनिबार राति चीन गएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता गणेश कार्कीले डाक्टर वाग्ले नेतृत्वको टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौँ फर्किने बताए । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १४ सदस्यीय टोली त्यसतर्फ गएको थियो ।
चिनियाँ भ्रमण टोलीमा ७ जना सांसद र सातजना गैर सांसद सहभागी छन् ।


















