८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

११ सय कैदीलाई माफी मिनाहा दिने सरकारको तयारी



काठमाडौँ-सरकारले संविधान दिवसको अवसर पारेर १०९२ जना कैदीलाई माफी मिनाहा दिने भएको छ । असल चालचलन भएको जनाउँदै ठूलो सङ्ख्यामा सरकारले कैदीलाई माफी दिन लागेको हो ।

कारागार व्यवस्थापन विभागले १०९२ जना कैदीको चालचलन असल रहेको भन्दै छोड्न सिफारिस गरेको छ । विभागले गत असारमा ६०१ जना र यसैसाता ४९२ जना कैदीको नाम सिफारिस गरेको हो ।

न्यूनतम् कैद अवधि भुक्तान गरेका र असल चालचलन भएका कैदीलाई छोड्न गृह मन्त्रालयमा सिफारिस गरिएको विभागका निर्देशक कमलप्रसाद पाण्डेले बताए । सरकारको सिफारिसमा राष्ट्रपतिले कैद कट्टा तथा माफी दिने प्रावधान छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार ००:००  ९ : ४८ बजे