झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एक साता लामो भ्रमणका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देन गएराति अस्ट्रेलिया प्रस्थान गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाको भगिनी संस्था नेपाल प्रवासी संगठनको निमन्त्रणामा अध्यक्ष लिङ्देन अस्ट्रेलियाको मेलबनतर्फ उडेका हुन् । त्यहाँ आयोजित विभिन्न कार्यक्रममा उनी सहभागी हुनेछन् ।
अध्यक्ष लिङ्देनका साथमा पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ कार्की पनि सहभागी छन् । भदौ १० गते लिङ्देन स्वदेश फर्कने कार्यक्रम छ ।


















