१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कर्जा प्रवाह नबढेपछि बैंकमा थुप्रियो पैसा



झापा-अपेक्षित रूपमा कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ । निक्षेप निरन्तर थपिँदै गएपछि बैंकमा पैसा थुप्रिएको हो ।

बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानी योग्य रकम थुप्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अपेक्षा अनुसार कर्जा प्रवाह नहुँदा लगानी योग्य रकमको सञ्चिति बढेको हो ।

व्यवसायमा कमी आएपछि निजी क्षेत्र कर्जाका लागि इच्छुक देखिएको छैन । निजी क्षेत्रको मनोबल खस्किएकाले पनि कर्जाको माग घटेको हो ।

बैंकिङ क्षेत्रका विज्ञ परशुराम कुँवर क्षेत्री आर्थिक शिथिलताका कारण कर्जा प्रवाह हुन नसकेको बताउँछन् । निजी क्षेत्र थप लगानी विस्तारका लागि तयार नहुँदा कर्जा बढ्न नसकेको उनको अनुभव छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आर्थिक गतिविधि चलायमान बनाउन पछिल्लो समयमा आफूहरूले मौद्रिक लचकता अपनाएको बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार ००:००  ९ : १५ बजे