८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

विराटनगरका होटल राति १२ बजेसम्म खोल्न दिने निर्णय



विराटनगर– विराटनगर महानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्दै स्थानीय होटलहरूलाई राति १२ बजेसम्म खोल्न दिने निर्णय गरेको छ।

महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरका होटल राति १२ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको हो ।

महानगरका मेयर नागेश कोइरालाका अनुसार अरु व्यवसाय १० बजेसम्म र होटल राति १२ बजेसम्म खुला हुनेछन् । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै पटक-पटक महानगरको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, मोरङ व्यापार सङ्घ, उद्योग संगठन मोरङ, होटल व्यवसायी सङ्घ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ००:००  ६ : ४० बजे