१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

हिरासतबाट तत्कालीन गृह सचिव पाण्डेले लेखे पत्र : खाणलाई जोगाउन बिचौलियाको बयान फेराउन आग्रह



काठमाडौँ– तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर बिचौलियाको बयान फेराउन आग्रह गरेको खुलेको छ ।

उनले लेखेका दुई पत्र प्रहरीले बरामद गरेको छ । दुवै पत्र खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत पठाइएको थियो ।

‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला,’ पहिलो पत्रमा भनिएको छ ।

त्यस्तै, दोस्रो पत्रमा ‘नरेन्द्रजी ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरूलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप नलिन सक्छ,’ भनिएको छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ००:००  ७ : ५२ बजे