२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

जेनिसा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक



झापा- अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौँमा सार्वजनिक गरिएको छ ।

उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

उपन्यास अंग्रेजी भाषामा छ । विक्रेताहरूमार्फत अनलाइन रुपमा उपन्यास खरिद गर्न सकिने लेखिका मानन्धरले बताएकी छिन् । ‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डहरुमा सेट गरिएको छ ।

काठमाडौंमा जन्मिएर यतै हुर्किएकी उपन्यासकार मानन्धर सानै उमेरदेखि सिर्जनात्मक कार्यहरुमा रुची राख्थिन् । पत्रकारितामा स्नातक गरेकी मानन्धरले आफ्ना केही साहित्यिक सिर्जनाहरु नेपालका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिसकेकी छिन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार ००:००  ८ : ०२ बजे