१६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026

भोटेकोशी बाढीपीडितका लागि सहारा नेपालले दियो १५ लाख



बिर्तामोड-भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सहकारी संस्था र कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गरिएको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको सहकारीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार ००:००  ३ : ५२ बजे