७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

छानबिनका लागि तयार : दाहाल



काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको बताए। ‘मेरै पालामा निर्णय भएको हो भनेर धेरैपटक भनिसकेको छु, सम्पूर्ण छानबिनका लागि तयार छु’, उनले भने।

आफ्नो कार्यकालका निर्णय पारदर्शी रहेको दाबी गर्दै उनले त्यसको सामना गर्न डर नभएको उल्लेख गरे। वर्तमान सरकारको कार्यशैलीबारे भने उनले अहिले टिप्पणी गर्ने समय नभएको बताए।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार ००:००  ६ : ५२ बजे