१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

बिर्तामोडमा सेवा निवृत्त शिक्षक सम्मानित



बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाले सेवा निवृत्त शिक्षकहरूलाई सम्मानसहित विदाई गरेको छ। शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका शिक्षकहरूलाई औपचारिक कार्यक्रममा सम्मान गरिएको हो।

नगरपालिकाका अनुसार महेन्द्ररत्न माविबाट सेवा निवृत्त शान्ता चुडाल, मोहनमाया माविबाट वेदमाया खनाल, अम्बिका देवी दाहाल र राघव गड्तौला, वीर अमरसिंह विद्यालयबाट यदुनाथ अधिकारी, चमरधाप प्राथमिक विद्यालयबाट देवी प्रसाद पोखरेल, पञ्चरत्न माविबाट यमनाथ प्रसाई, दुर्गा माविबाट जनार्दन मिश्र तथा देवी माविबाट अग्नी बहादुर दाहाल, यज्ञप्रताप अधिकारी र पद्मा पाण्डे सम्मानित भएका हुन्।

सम्मान कार्यक्रममा नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले सेवा निवृत्त शिक्षकहरूको योगदान शिक्षा विकासको आधार रहेको उल्लेख गर्दै उनीहरूको अनुभव र योगदान सधैं स्मरणीय रहने बताइन्। उनले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानप्रति कदरस्वरूप सम्मान गरिएको स्पष्ट पारिन्।

कार्यक्रममा सहभागीहरूले लामो समय शिक्षण पेसामा समर्पित शिक्षकहरूको सम्मानले नयाँ पुस्ताका शिक्षकलाई प्रेरणा दिने धारणा राखेका थिए। नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार ००:००  १० : ४८ बजे