बिर्तामोड-झापा कारागारका एकजना कैदीको शुक्रबार बिहान मृत्यु भएको छ । उच्च रक्तचापका कारण भारतको पश्चिम बङ्गाल राज्य दार्जिलिङ घर भएका कर्णबहादुर लिम्बुको मृत्यु भएको हो ।
६१ वर्षीय लिम्बु २०७५ साउन २९ गतेदेखि जबरजस्ती करणी मुद्दामा झापा कारागारमा सजाय भोगिरहेका थिए । शुक्रबार बिहान अचानक प्रेसरको समस्या देखिएका लिम्बुलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारका क्रममा लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे प्रहरीले मृतकका आफन्तलाई जानकारी दिएको छ ।














