२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री




बिर्तामोड- झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा रंगशाला भरिभराउ थियो ।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख तीन हजार रुपैयाँको टिकट बिक्री भएको छ । फाइनल खेलमा मात्र ३० लाख दुई हजार ४०० रुपैयाँको टिकट बिक्री भएको हो ।

महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढेको अध्यक्ष थोप्राले बताए । टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ ।

प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । एपिएफलाई १० गोल अन्तरले हराउँदै पुलिसले १० लाख १० हजार रुपैयाँ हात पारेको छ। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार ००:००  ११ : २३ बजे