२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

ओलीको आक्रोश : पार्टीभित्र सधैं खुट्टा तान्ने काम भयो, सरकार असफल बनाइयो !



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक किचलो र असहयोगप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रैबाट लगातार ईर्ष्या, डाहा र खुट्टा तान्ने प्रवृत्ति हावी भएको आरोप लगाए ।

“पार्टीमा एकमना एकताको स्थिति कहिल्यै रहेन,” उनले भने, “ईर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो। मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुट, फरेबको स्थिति बनाइयो ।”

हालै प्रधानमन्त्री पदबाट बाहिरिएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दाबी गरे ।

आफ्नो नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी कामहरू गरिरहेका बेला सरकार ढाल्ने षड्यन्त्र भएको उनको भनाइ थियो । घटनाक्रमले एमालेभित्रको आन्तरिक शक्ति संघर्ष र भावी दिशामाथि थप बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ००:००  १२ : ४२ बजे