२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु



इलाम-पहिरोमा पुरिएर इलामका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार इलामको सूर्योदय नगरपालिकामा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् ।

माङ्सेबुङमा ३, देउमाईमा ३, फाकफोक थुममा एक र इलाम नगरपालिकामा ६ जनाको पहिरोमा परेर मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार ००:००  ९ : १७ बजे