बिर्तामोड– चट्याङ लागेर बिर्तामोड-३ मा एक महिलाको ज्यान गएको छ । आज बिहान करिब ११ बजे बाख्रा लिन घर बाहिर निस्किएकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवलाई चट्याङ लागेको थियो ।
परिवारका सदस्यले तत्काल उपचारका लागि उनलाई बिर्ता सिटी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मृतककी आफन्त अन्जु चौधरीले जानकारी दिइन् ।
मृतकको शव अस्पतालमै राखिएको छ । उनका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् ।



















