२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

बिर्तामोडका विद्यालय बन्द !



बिर्तामोड-बिर्तामोड क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय मङ्गलबार बन्द हुने भएका छन् । जेनजी युवाको आन्दोलनका कारण यहाँका सरकारी तथा निजी विद्यालय बन्द गरिन लागेका हुन् ।

स्थानीय प्रशासनले मङ्गलबार बिहान १० बजेसम्म बिर्तामोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ‌। सोमबार भएको आन्दोलनमा कम्तिमा १९ जनाको मृत्यु भएको थियो ।

बिर्तामोडमा समेत युवाहरूले प्रदर्शन गरेका थिए । नगरपालिकाको कार्यालयमा तोडफोड गर्नुका साथै मुख्य प्रवेशद्वारमा आगो लगाइएको थियो ।

आन्दोलनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनमा आगो लगाएका छन् । घटनापछि उत्पन्न परिस्थितिका कारण स्थानीय विद्यालय बन्द गर्न लागेका हुन् ।

निजी तथा आवासीय विद्यालय संगठन अर्गनाइजेसन प्याब्सनले समेत संस्थागत विद्यालय बन्दका लागि अपिल गरेको छ । यद्यपि, विद्यालय बन्दको सरकारी सूचना सोमबार अवेरसम्म बाहिरिएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ००:००  ९ : ५७ बजे