६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मानवअधिकार एलायन्सद्वारा खाद्यान्न वितरण



बिर्तामोड-मानव अधिकार एलायन्स, झापाले आफ्नो २६ औं स्थापना दिवस उदाहरणीय सामाजिक कार्यमार्फत मनाएको छ ।बिर्तामोड-३, सैनिकमोडस्थित विराट सामुदायिक सिकाइ केन्द्रसँगको सहकार्यमा आइतबार संस्थाले स्थानीय ज्येष्ठ नागरिकलाई खाद्यान्न सामग्री वितरण गर्दै उनीहरूप्रति सम्मान प्रकट गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले एलायन्सको यस कदमको प्रशंसा गर्दै भन्नुभयो, “सम्मानपूर्वक बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । हाम्रा लागि प्रेरणाका स्रोत रहनुभएका वृद्धवृद्धालाई संरक्षण र सम्मान गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, एलायन्सका केन्द्रीय सदस्य तथा कोशी प्रदेश इञ्चार्ज रुद्र सिटौला, जिल्ला अध्यक्ष अर्जुन पाठक लगायत विभिन्न सामाजिक व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।

परोपकार संस्थाकी अध्यक्ष विष्णु कार्कीले खाद्यान्न वितरण कार्यक्रमले सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुना प्रस्तुत गरेको बताउनुभयो । मानव अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील एलायन्सले आफ्नो वार्षिकोत्सवमा गरेको यो कार्यले समाजका अन्य संघसंस्थालाई समेत प्रेरणा दिएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार ००:००  १ : ५२ बजे