७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

गाेमेन्द्र बहुमुखी महाविद्यालयद्वारा बि टेक इन एआई कार्यक्रम सञ्चालन गर्ने घोषणा



बिर्तामोड-झापा बिर्तामोडकाे गाेमेन्द्र बहुमुखी महाविद्यालयले यसवर्षदेखि B.Tech in AI काे कक्षा सञ्चालन गर्ने भएको छ ।‌

महाविद्यालयले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत B Tech. in AI कार्यक्रम सञ्चालन गर्ने घाेषणा गरेको हाे ।

महाविद्यालयका प्राचार्य डा. रुपक खनालले आठवटा सेमेस्टरमा याे कार्यक्रम सञ्चालन हुने बताउनु भयो । ‘अहिलेकाे युग सुहाउँदो प्राविधिक शिक्षा दिने हाम्रो उद्देश्य हाे’, पत्रकार सम्मेलनमा डा. खनालले भन्नुभयो ‌।

विश्वव्यापी रुपमा फड्को मारिरहेको प्रविधिलाई आत्मसात गर्ने प्रयास गर्न लागिएको बताउँदै डा. खनालले घरको खाना खाएर विद्यार्थीले आधुनिक प्रविधिको शिक्षा प्राप्त गर्ने बताउनु भयो ।

यस वर्षदेखि सञ्चालन हुने B.Tech in AI को कक्षामा जम्मा ४८ जना बिद्यार्थी भर्ना हुन सक्ने छन् । कम आर्थिक अवस्था भएका तर अध्ययन गर्न इच्छुक बिद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको खनालले बताउनु भयो ।

भर्ना भएका विद्यार्थीको संख्याको आधारमा १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । कलेजले सेमिस्टारमा उत्कृष्ट गर्ने एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार ००:००  १० : १९ बजे