२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

प्रधानमन्त्री ओलीद्वारा भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन



बुधबारे-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यक्रमका बीच अस्पतालको उद्घाटन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले केही बेरअघि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नु भएको हो ।

बुद्धशान्ति गाउँपालिका-३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो ।

नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो ।

स्व. भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो ।

अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् ।

अस्पतालको उद्घाटनपछि संक्षिप्त समारोहलाई सम्बोधन गरेर प्रधानमन्त्री ओली इलामको माई नगरपालिका प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार ००:००  १ : १६ बजे