२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कैदीको उपचारका क्रममा मृत्यु



विराटनगर-जिल्ला कारागार मोरङमा बलात्कार कसुरमा पुर्पक्षका लागि थुनामा रहेका एक बन्दीको मृत्यु भएको छ । बुधबार साँझ उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार, विराटनगर महानगरपालिका–५ निवासी ४० वर्षीय सन्तोष पालको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी गत ११ मंसिर २०८० देखि बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा थिए । जेलर गौरव ढुंगेलका अनुसार पाललाई शरीर सुन्निने र श्वासप्रश्वासमा कठिनाइ हुने समस्या देखिएपछि १२ असारमा कोशी अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा २५ असार साँझ उनको निधन भएको हो ।मृतकको शव पोस्टमार्टमपश्चात् परिवारले जिम्मा लिइसकेको कारागार प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार ००:००  ९ : ५० बजे