बिर्तामोड-झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा आइतबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सयपत्री टोलका ३९ वर्षीय रोशन जिमी रहेका छन् ।
घर नजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा जिमीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थाका जिमीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल भर्ना गरिएको थियो ।
उपचार प्रारम्भ नहुँदै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । उनको शव साेही अस्पतालमा रहेको छ ।














