सुनसरी– सुनसरीको मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार डुबेर दुई बालकले ज्यान गुमाएका हुन् ।
इटहरी उपमहानगरपालिका १६ स्थित उक्त खोलामा पौडी खेल्ने क्रममा नौ वर्षीय युनिस खत्री र हेमबहादुर परियारको मृत्यु भएको हो । दहमा डुबे लगत्तै उनीहरूलाई उद्धार गरिएको थियो ।
सिटी अस्पताल इटहरी लगिए लगत्तै चिकित्सकले दुबै बालकलाई मृत घोषणा गरेका थिए । बालकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।














