१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

एक वर्ष नपुग्दै गायिका एलिना चौहानको सम्बन्ध विच्छेद



झापा-बिहे गरेको एक वर्ष नपुग्दै गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गरेकी छन् । गायिका चौहानले सामाजिक सञ्जालमार्फत मङ्गलबार सम्बन्धविच्छेदको घटना सार्वजनिक गरेकी हुन् ।

गत साता गायिका चौहानले काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । गत वैशाख ५ गते सापकोटासँग उनको विवाह भएको थियो ।

बाग्लुङका स्थायी बासिन्दा सापकोटा झापा घर भएकी एलिनालाई लिन तामझामका साथ आएका थिए । तर, उनीहरूको सम्बन्धमा यति छोटो अवधिमै दरार आएको हो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार ००:००  ७ : ४२ बजे