काठमाडौँ-सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेको छ ।
धरौटीमा छोड्ने काठमाडौँ जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै सरकारले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको हो ।
सहन्यायाधिवक्ता शंकर खत्रीले जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नु पर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गरिएको बताउनुभयो ।
काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।