हेटौँडा- बागमती प्रदेश सरकारले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । प्रदेशभर सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरिएको हो ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ९ बमोजिम विभिन्न मापदण्डलाई आधार मानेर कायम गरिएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भूगोल हेरेर एक देखि पाँच किलोमिटरसम्म भाडादर ३०० देखि ५०० ताेकिएको छ ।जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले भाडादर लागू गर्नेछ ।
चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर खगेश्वर गेलालले निर्धारण गरिएको भाडादर स्वास्थ्य मन्त्रालयले ६ महिनामा पुन मूल्याङ्कन गर्ने व्यवस्था रहेको बताउनुभयो ।