बिर्तामोड-झापाको बिर्तामोडमा हरिकुमार प्रसाई अन्तरविद्यालय अन्डर १३ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
बिर्तामोडको एभरेस्ट एजुकेसन फाउन्डेसनले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नुभयो ।
शिक्षासेवी हरिकुमार प्रसाईको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा झापा जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहेको छ ।
विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकास गरी खेलप्रतिको रुचिलाई बढाउन प्रतियोगिता आयोजना गरिएको न्यूटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताउनुभयो ।
उद्घाटन खेलमा एभरेस्ट स्मार्ट विजयी भएको छ । वेल्स मोडललाई एभरेस्टले ७-१ गोल अन्तरले पराजित गरेको हो । मङ्गलबार न्युटन्स र देवकुल बीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा ग्रीनफिल्ड र चिल्ड्रेन इन्भाइरमेन्ट प्रतिस्पर्धामा उत्रिने छन् ।