अर्जुनधारा-अर्जुनधारा नगरपालिकाले माटो बचाउ अभियान सुरु गरेको छ । अभियानको सुरुवातका क्रममा आइतबार नगरपालिकाले सरोकारवालासँग अन्तरक्रिया र छलफल गरेको हो ।
विषादीको बढ्दो प्रयोग घटाउने गरी माटो बचाउ अभियानमा लाग्नुपर्ने बेला आएको नगर प्रमुख बलदेव सिंह गोम्देनले बताउनुभयो ।
जतिसुकै शारीरिक व्यायाम र योगा गरेपनि विषादीयुक्त खानेकुरा सेवन गरुन्जेल स्वस्थ हुन नसकिने नगर प्रमुख गोम्देनको धारणा छ ।
नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा माटो बचाउ राष्ट्रिय अभियानका संयोजक डाक्टर विपिन रेग्मी, अभियन्ता अम्बिका देवी र सल्लाहकार पदम भण्डारीले आआफ्नो धारणा राख्नुभएको छ ।