७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

फागुन १२ गतेदेखि झापाबाट जनतासँग माओवादी अभियान



झापानेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियान अन्तर्गत फागुन १२ गतेदेखि झापाबाट हुलाकी मार्ग एवम् पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

कञ्चनपुरमा पुगेर टुङ्गिने यो अभियानकाे ठोस कार्यक्रम सम्बन्धित प्रदेश कार्यालयहरूसँगको परामर्शका आधारमा तय गरिने माओवादी केन्द्रले जनाएको हो ।

माघ २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्र कार्यालयमा बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार ००:००  ९ : ४७ बजे