१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

जमिन बाँझो राख्ने किसानलाई कारबाही गर्ने सिरीजङ्गा गाउँपालिकाको निर्णय



ताप्लेजुङ-ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाले खेतीयोग्य जमिन बाँझो राखेको पाइए किसानमाथि कारबाही गर्ने निर्णय गरेको छ ।

किसानहरूले खेतीयोग्य जमिन बाँझो राखेको पाइए सरकारले तोकेअनुसार मालपोत कर बमोजिम शतप्रतिशत जरिवाना लिने निर्णय गरिएको हो ।

आत्मनिर्भर हुने नीतिबमोजिम गाउँपालिकाले आर्थिक विधेयक पारित गर्दै खेतीयोग्य जमिन बाँझो राख्ने किसानमाथि दण्ड सजायको व्यवस्था गरेको छ ।

जथाभावी पशु चौपाया छोड्ने, नदीजन्य सामग्री उत्खनन गर्ने, छिमेकीलाई अप्ठ्यारो पार्ने नियतले रुख वा पर्खाल लगाउने र घर टहरा बनाउनेहरू समेत कारबाहीको दायरामा पर्ने भएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार ००:००  ९ : ०४ बजे