चितवन-नारायणगढ मुग्लिङ सडक खण्डको सेती दोभान पुलबाट एउटा बस खसेको छ । आइतबार बिहान साढे चार बजे नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ०७७ नम्बरको बस सेती दोभान पुलबाट खसेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनले घटनाको पुष्टि गर्दै २३ जना यात्रु घाइते भएको जनाएको छ । प्रहरी निरीक्षक निरला भण्डारीले बसमा २८ जना यात्रु रहेको बताउनुभयो ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टायर पम्चर भएर बस अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।