१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बिर्तामोडमा खुल्यो एडभान्स पेन क्लिनिक



बिर्तामोड-बिर्तामोडमा एडभान्स पेन स्पेसलिस्ट क्लिनिक खुलेको छ । क्लिनिकको शनिबार बिहान आयोजित कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भएको छ ।

क्लिनिकका साझेदार डाक्टर पुष्पक रेग्मीका अनुसार दीर्घकालीन दुखाईको समस्याबाट पीडित भएका बिरामीको सहजताका लागि क्लिनिक स्थापना गरिएको हो ।

बिना अप्रेसन आधुनिक प्रविधिबाट दुखाइ कम गर्नेगरी क्लिनिकको स्थापना गरिएको डाक्टर निरु नेपालले बताउनुभयो ।

क्लिनिकमा दीर्घकालीन दुखाईको निदानका लागि आवश्यक अत्याधुनिक उपकरणहरू समेत व्यवस्था गरिएको छ । दुखाई व्यवस्थापनमा महत्त्वपूर्ण हुने फिजियोथेरापी सेवा पनि क्लिनिकमा उपलब्ध छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार ००:००  १० : १२ बजे