१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

पाथिभरामा केवलकार निर्माण हुँदा कसैको धार्मिक आस्था संकटमा पर्दैन : अध्यक्ष ढकाल



काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण हुँदा कसैको पनि धार्मिक आस्था संकटमा नपर्ने बताउनु भएको छ ।

शनिबार पाथिभरा देवीदर्शन केवलकार पालिका तर्फबाट काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले केवलकार निर्माणले ताप्लेजुङको विकास र समृद्धिमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

३०० जनासँग गरेको सार्वजनिक सुनवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै केवलकारका विषयमा असहमति राखेको अध्यक्ष ढकालले बताउनुभयो ।

ताप्लेजुङबासीलाई त्यही रोजगारी दिने उद्देश्यका साथ केवलकार बनाउन लागिएको स्पष्ट पार्दै अध्यक्ष ढकालले ३०० जनाले थप रोजगारी प्राप्त गर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार ००:००  ८ : १३ बजे