धरान-न्युरोड टीम एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा न्युरोडले चर्च ब्वाइज युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च व्वाइजका तर्फबाट खेलको २४ औँ मिनेटमा अनन्त तामाङले फ्री किक मार्फत गोल गरेका थिए । न्युरोडका तर्फबाट सत्ताईसौँ मिनेटमा र ५८ औँ मिनेटमा हेनरी एडिसी पोकोले गोल गर्दै उपाधि दिलाएका हुन् ।
बुढासुब्बा गोल्डकपमा न्युरोडले तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्युरोडले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपविजेतामा चित्त बुझाएको चर्चले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।